धनकुटा नगरपालिकाले महिला तथा किशोरीमैत्री सुरक्षित स्थान सञ्चालनमा ल्याएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैंकको अनुदान सहयोगमा कार्यान्वयन गरिरहेको परियोजनाअन्तर्गत धनकुटा नगरपालिकाले महिला तथा किशोरीमैत्री सुरक्षित स्थान सञ्चालनमा ल्याएको हो।
लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत सञ्चालनमा ल्याएको सुरक्षित स्थानको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र परियोजनाकी टिम लिडर जया शर्माले उद्घाटन गरेका छन् ।
हिंसामा परेका र सम्पूर्ण महिला तथा किशोरीलाई परामर्श र वृत्ति विकासमा सहजीकरण गर्न सुरक्षित स्थान सञ्चालनमा ल्याएको परियोजना व्यवस्थापन इकाइकी कार्यक्रमविज्ञ अप्सरा कार्कीले बताइन् । यसले लैंगिक हिंसा न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ ।