नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

मंगलबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ। आइतबार र सोमबार क्रमशः १० र २६ अंकले घटेको नेप्से परिसूचक मंगलबार १०.२५ अंकले घटेर दुई हजार ६६२.१४ विन्दुमा कायम भएको हो।

आज कारोबार रकममा समेत गिरावट आएको छ। यसअघि साढे १० अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार आठ अर्ब ५७ करोड रुपैयाँमा झरेको हो। आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

नेप्सेका १३ समूहमध्ये म्युचल फन्ड र व्यापार समूह एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा बाँकी सबै समूहमा गिरावट देखिएको छ। सबैभन्दा धेरै घट्नेमा विकास बैंक समूह (१.१५ प्रतिशत) छ। बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा थोरै छ।

बजार घट्दा सर्वाधिक कमाउने कम्पनीको मूल्य ६ प्रतिशतले मात्र बढेको छ। कालिञ्चोक दर्शन ६.३६ प्रतिशतले बढ्दा अरुण भ्याली हाइड्रो ५.१८ प्रतिशतले वृद्धि भएको हो।

सर्वाधिक घटेको कर्पोरेट विकास बैंकको गिरावट ५.२४ प्रतिशत छ। यसैगरी, माई खोला, घलेम्दी हाइड्रो र सुपर मादी चार प्रतिशतभन्दा धेरैले गिरावट भएका छन्।

सुझावित समाचार