२४ भदौको जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त बानेश्वरको हिरासतबाट भागेका अभियुक्तलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । काठमाडौ गोकर्णश्वर नगरपालिका– २ स्थित नयाँपाटीबाट धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका– ५ बस्ने अन्दाजी ३१ वर्षीय डिल्लीबहादुर कटुवाललाई सशस्त्रले २९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
मंगलबार दिउँसो करिब साढे १ बजे ब्राउनसुगरसहित सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट लागुऔषध तौलने मेसिन एक थानसमेत बरामद भएको र बरामद लागुऔषध तथा अन्य सामानसहित उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।