मन्थलीको मसानटारमा यात्रुबाहक बस दुर्घटना हुँदा चारको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

मंगलबार, २७ माघ, २०८२
डिजिटल संस्करण

रामेछापकाे मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित मसानटारमा यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएकाे छ । बस सडकबाट तामाकोशी नदीमा खसेकाे छ ।

मंगलबार बिहान काठमाडौंबाट यात्रु लिएर ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस तामाकोशीमा खसेको हाे । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार बस दुर्घटनाको जानकारी पाउनासाथ उद्धारका लागि प्रहरी, एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ ।

अहिले बस दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उद्धारकार्य जारी रहेको राखेका छन् । बसमा कति यात्रु सवार थिए, कसरी दुर्घटना भयो भन्ने यकिन जानकारी भने प्राप्त हुन सकेको छैन । 
 

सुझावित समाचार