बर्दियामा ट्रयाक्टर पल्टिएर एकजनाको मृत्यु, तीनजना घाइते

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

बर्दियामा ट्रयाक्टर पल्टिएर एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । ट्रयाक्टर पल्टिएर बाँसगढी नगरपालिका– ८ का १४ वर्षीय रोशन थारूको मृत्यु भएको छ ।

त्यसैगरी, ट्रयाक्टर पल्टिएर बाँसगढी नगरपालिका– ८ का ११ वर्षीय रितिक विक र १३ वर्षीय सुशान्त थारू र  बढैयाताल गाउँपालिका– ४ का ६० वर्षीय  बुद्धिराम थारू घाइते भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । 

साँझ साढे ६ बजेको समयमा बाँसगढी नगरपालिका– ९,  रिहारको  भित्री सडक खण्डअन्तर्गत थुमनीबाट माछागढ आउँदै गरेको ट्राक्टर रुखमा ठोक्किएर पल्टिँदा  ट्राक्टरमा सवार रहेका एकजनाको मृत्यु र तीनजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए ।  उनले भने,  ‘ट्राक्टर पल्टिएर घाइते भएका तीनजनाको  बाँसगढी बजारमा रहेको कौशिल्या अस्पतालमा उपचार भइरहेको छ ।’ घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

सुझावित समाचार