नवलपुरको कावासोती नगरपालिका– १४, अग्यौलीमा तीनवटा मोटरसाइकल एक–आसपमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका–१४, अग्यौलीस्थित भित्री सडकखण्डमा ग.प्र. ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग.प्र. ०४–००२ प १८४७ नम्बरको मोटरसाइकल गएराति एक–आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी गम्भीर घाइते देवचुली नगरपालिका– १७ निवासी २८ वर्षीय ओमप्रकाश खोजवारलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अन्य दुईजना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।