बैतडीमा फेरि अर्को सवारी दुर्घटना, चालकको मृत्यु

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

बैतडीको सिल्लेगडाबाट बडियाँतर्फ गइरहेको सुपप्र ०३००१ ज ०६२४ नम्बरको विद्युतीय गाडी (इभी हाइस) दुर्घटना भएको छ। दोगडाकेदार गाउँपालपका– ३, श्रीकोटनजिक घोडेधार भन्ने ठाउँमा उक्त दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक दोगडाकेदार गाउँपालिका– ५, न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शनिबार राति करिब १० बजेको समयमा उक्त दुर्घटना भएको बैतडीका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए।

‘चालक एक्लै जाँदै रहेछन्, दुर्घटनामा घाइते चालकको अस्पताल पुर्याएपछि  मृत्यु भएको हो,’ उनले भने। डडेलधुरा अस्पतालमा उपचार गर्दा चालक ठगुन्नाको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनाग्रस्त गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ। बैतडीमा गत बिहीबार जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो, ३५ जना घाइते भएका थिए।

सुझावित समाचार