साइकल सिटी भैरहवाले आयोजना गरेको बुद्ध ज्ञान साइकल यात्राको तेस्रो संस्करण सुरु

शनिबार, २५ माघ, २०८२
डिजिटल संस्करण

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले साइकल सिटी भैरहवाले आयोजना गरेको बुद्ध ज्ञान साइकल यात्राको तेस्रो संस्करणको सुरु भएको छ। 
नेपाल र भारतका २२० साइकलयात्री सहभागी साइकल यात्राको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान र सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण घिमिरेले नेपाल र बुद्धको झन्डा फहराएर उद्घाटन गरेका थिए।

सो क्रममा बोल्दै मेयर खानले लुम्बिनीको प्रचारका लागि साइकलको माध्यमबाट ब्रान्डिङ गरिनु महत्त्वपूर्ण विषय रहेको बताए। हरेक विषयबाट लुम्बिनीको प्रचारमा साइकल सिटीले जोड्ने प्रयास गरेको छ। यसको नियमित र निरन्तरताको कामना गर्दछौँ मेयर खानले भने।

सुझावित समाचार