‘मिराया वेलनेस’ले ल्यायो सस्तो मूल्यमै लक्जरियस सुविधा

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

सिजी हस्पिटालिटीको ‘मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट’ले प्रणय दिवस अर्थात् भ्यालेनटाइन्स डेको अवसरमा सुलभ दरमा विभिन्न प्याकेज ल्याएको छ।

नवलपुरको देवचुली अर्थात् शाश्वतधाम र सिजी इन्डस्ट्रियल पार्कसँगै रहेको रिसोर्टले माघ २४ गतेदेखि फागुन २ गतेसम्म (फेब्रुअरी ७ देखि २४ सम्म)का लागि विभिन्न प्याकेज ल्याएको हो।

रिसोर्टले जोडीका लागि एक रात–दुई दिनको एउटा प्याकेज ल्याएको छ। यसमा ‘क्लब हाउस’अन्तर्गत एक जोडीका लागि १८ हजार पाँच सय र लगुन भिल्लामा बस्नेका लागि २० हजार ९९९ रुपैयाँ तोकिएको छ। यसमा इभिनिङ रिफ्रेसमेन्ट, योगा र मेडिटेसन, बोन फायरसहित पुलसाइडमा डिनर, १.५ घण्टाको गल्फ र बिहानको ब्रेकफास्ट समावेश छ।

यस्तै, अर्को दुई रात–तीन दिनको प्याकेज छ। यसमा ‘क्लब हाउस’अन्तर्गत एक जोडीका लागि ४३ हजार ९९९ र लगुन भिल्लामा बस्नेका लागि ४८ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसमा इभिनिङ रिफ्रेसमेन्ट, योगा र मेडिटेसन, बोन फायरसहित पुल साइडमा डिनर, एन्टोनियामा डिनर, स्पा तथा हाइड्रो थेरापी, १.५ घण्टाको गल्फ, बिहानको ब्रेकफास्ट र लन्च समावेश छ।

शाश्वतधाम र सिजी इन्डस्ट्रियल पार्कसँगै ०८० मा खुलेको यो रिसोर्ट गल्फप्रेमीहरूका लागि आकर्षक गन्तव्य मानिन्छ। अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट साबित हुने सिजी हस्पिटालिटीको दाबी छ।

सुझावित समाचार