नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

१६औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले शुक्रबार सामाजिक उत्तरदायित्वअन्तर्गत नक्सालको नारायणचौरमा रक्तदान कार्यक्रम गरेको छ।

माघ ०६६ मा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पुँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न क्षेत्रमा लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ।

नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङअन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन, डिपी, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूतिलगायतका सेवाहरू प्रदान गर्दै आइरहेकाे छ। इन्भेस्टमेन्ट बैंकिङअन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोषअन्तर्गतका सेवा र संस्थागत परामर्श सेवाजस्ता सेवाहरू पनि दिँदै आएको छ।

यसका अलावा आफ्ना ग्राहकलाई संस्थागत परामर्श सेवाअन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मूल्यांकन व्यावसायिक योजना, लोन सिन्डिकेसन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन र लगानीसम्बन्धी परामर्शजस्ता सेवाहरूसमेत प्रदान गरिरहेको छ।

निकट भविष्यमा विशिष्टीकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालनको तयारीमा रहेको संस्थाले जनाएको छ।
 

सुझावित समाचार