चितवन क्षेत्र नम्बर २ का रास्वपाका उम्मेदवार रवि लामिछाने र कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलबिच चुनावी अभियानका क्रममा जम्काभेट भएको छ । चुनावी अभियानमा हिँडेका दुवै उम्मेदवारले जम्काभेटपछि सौहार्दपूर्वक एक–अर्कालाई शुभकामना दिएका छन् ।
लामिछानेले शुभकामना दिँदै भने, ‘दिदी ! स्वच्छ प्रतिस्पर्धा हुन्छ, एकदमै सम्मानित प्रतिस्पर्धा हुन्छ, मैले दिदीलाई फोन गरेरै भनेको छु ।’