आणविक ऊर्जाको ‘शान्तिपूर्ण प्रयोग’मा इरानलाई चीनको समर्थन

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

चीनका सहायक विदेशमन्त्री लिउ बिनले आफ्ना इरानी समकक्षीलाई बेइजिङमा भेट गर्दै ‘इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको कानुनी अधिकारलाई चीनले समर्थन गर्ने’ बताए । साथै बिनले ‘धाकधम्की र प्रतिबन्धको दबाबको चीनले विरोध गर्ने’ पनि बताए ।

चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ‘चीनले इरानी आणविक समस्याको समाधान उचित रूपमा हुनुपर्ने अडानलाई समर्थन गर्नेछ ।’ इरानले बारम्बार आफ्नो आणविक कार्यक्रमलाई शान्तिपूर्ण भन्दै आणविक हतियार निर्माण गर्न खोजिरहेको भन्ने कुराको खण्डन गर्दै आएको छ । 

सुझावित समाचार