सामसङको वासिङ मेसिन र रेफ्रिजेरेटरमा क्यासब्याक

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

सामसङ नेपालले होलीको अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सामसुङका वासिङ मेसिन र रेफ्रिजेरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस घोषणा गरेको छ । यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म लागू हुने बताइएको छ । 

ग्राहकले सातदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट–लोड र सेमि अटोमेटिक टपलोड वासिङ मेसिनमा २३ सम्म क्यासब्याक पाउनेछन् । त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

साथै, सामसङ इन्स्टा फाइनान्समार्फत नागरिकताकै आधारमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा पनि सामान खरिद गर्न सकिने कम्पनीले बताएको छ । साथै, नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकलाई एक्सचेन्ज गर्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ । 
 

See More On

सुझावित समाचार