सुरु भयो बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को ११औँ संस्करण बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा तीन सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको छ । प्रदर्शनीस्थलमा दुई सयभन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्री प्रदर्शन गरिएको छ ।

यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भइरहेको छ । बिल्डकनले विगत एक दशकभन्दा लामो समयदेखि नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै आएको छ ।

प्रदर्शनीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवा नेपाली बजारमा भित्र्याउने काम गर्दै आएको छ । प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटरजस्ता निर्माण क्षेत्रससँग सम्बन्धित सामग्री समेटिएका छन् । 

See More On

सुझावित समाचार