अटो दुर्घटनामा गम्भीर घाइते वृद्धको मृत्यु

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

सल्यानमा अटो दुर्घटनामा गम्भीर घाइते वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्जमा उपचारका क्रममा बिहीबार सल्यान सिद्धकुमाख गाउँपालिका– १, मेल्चौरका ७८ वर्षीय टरबहादुर चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

१९ गते बिहान श्रीनगरबाट सदरमुकाम खलंगा जाँदै गरेको रा.१ह २१९५ नम्बरको अटो खलंगा श्रीनगर सडकखण्डको सिँचाइ कार्यालयनजिकै दुर्घटना हुँदा अटोमा सवार १० जना घाइते भएका थिए । घाइते १० मध्ये सातजनालाई नेपालगन्ज रिफर गरिएकोमा एकजना वृद्धको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए । अटो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो । 
 

सुझावित समाचार