विश्वकपका लागि तयार वानखेडे रंगशाला

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

१०औँ संस्करणको टी–२० विश्वकपको प्रमुख रंगशालामध्ये वानखेडे पनि हो । सन् १९७४ देखि २०१० सम्म यो रंगशालाको दर्शक क्षमता ३९ हजार थियो । सन् २०११ को एकदिवसीय विश्वकप आयोजनाका लागि रंगशालाको पुनर्निर्माण भयो ।

रंगशालाको स्वरूप फेरिँदा अब यहाँ ३३ हजार एक सय दर्शक अटाउँछन् । सन् २०११ को एकदिवसीय विश्वकपको फाइनल यसै रंगशालामा भएको थियो । जहाँ भारतले श्रीलंकालाई हराउँदै विश्वकप ट्रफी उचालेको थियो ।

मुम्बई क्रिकेट एसोसिएसनको स्वामित्वमा रहेको वानखेडे रंगशालामै आगामी आइतबार नेपालले इंग्ल्यान्डविरुद्ध टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो समूहका सबै खेल यसै मैदानमा खेल्नेछ । 
 

सुझावित समाचार