सिटिजन लाइफको ‘मिड-इयर बिजनेस कन्फेरेन्स’ सम्पन्न : शतप्रतिशत लक्ष्य पूरा गर्ने ४८ शाखा व्यवस्थापक सम्मानित

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘मिड–इयर बिजनेस स्ट्राटेजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ ।

माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसरसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको मध्यावधि व्यावसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउन आयोजित यस सम्मेलनमा व्यवस्थापन टिम, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जना सहभागी थिए ।

कार्यक्रममा चालू आर्थिक वर्षको मध्यावधिसम्मको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिक छलफल गरियो ।

सम्मेलनको मुख्य आकर्षणको रूपमा चालू आर्थिक वर्षको मध्यावधिसम्म शतप्रतिशत व्यावसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । यसले कम्पनीका शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीको विश्वास छ ।

साथै, कार्यक्रममा कम्पनीका सेवाहरूलाई थप ग्राहककेन्द्रित, प्रविधिमैत्री र सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि विस्तृत छलफल भएको थियो । प्रक्रियालाई छिटो, पारदर्शी र सहज बनाउन व्यवस्थापन र शाखास्तरबिच समन्वयात्मक छलफल गरिएको थियो ।

कम्पनीले आगामी दिनमा पनि नवीनतम डिजिटल सेवाहरू विस्तार गर्दै लैजाने, नियामकीय निर्देशनको पूर्ण पालना गर्ने तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै व्यावसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।

सुझावित समाचार