६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक हुनेमा बिहीबार बिहानसम्म ७२ हजार ६० हजार छपाइ सकिएको हो। 

२५ जिल्लाको छपाइ र प्याकिङ सकिएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ। 

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे बिहीबार जानकारी लिएकी छिन्। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

 गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि निरीक्षणमा सहभागी भएका थिए। 
 

सुझावित समाचार