टी–२० विश्वकपअन्तर्गत दोस्रो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ। क्यानडालाई नेपालले ६ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो। १८ ओभरमा नेपालले चार विकेट गुमाएर नेपालले सहज रूपमा सो लक्ष्य पूरा गरेको हो।
नेपालका लागि आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गरेका थिए। २९ बलमा ५८ रन जोडेर उनी रिटायर्ड आउट भए । त्यस्तै, सन्दीप जोराले ४४, गुल्सन झाले अविजित ३१ रनको योगदान दिए।
पहिलो वार्मअप खेलमा नेपालले युएईलाई मंगलबार सात विकेटले पराजित गरेको थियो।
विश्वकपअन्तर्गत पहिलो खेल नेपालले आगामी आइतबार इंग्ल्यान्डविरुद्ध खेल्नेछ।