पूर्वविद्यार्थी नेता चुनावी मैदानमा

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका पूर्वविद्यार्थी नेताहरूसमेत चुनावी मैदानमा होमिएका छन् । पूर्वविद्यार्थी नेताहरू विभिन्न दलदेखि स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा होमिएका हुन् । विद्यार्थी पृष्ठभूमि भएर यसअघि नै सांसद, मन्त्री भइसकेका नेताहरू पनि चुनावी मैदानमा होमिएका छन्। 

लामो समय विद्यार्थीको हकहितका लागि भन्दै विद्यार्थी संघ–संगठनमा आबद्ध भएर राजनीतिमा होमिएका नेताहरू पनि यसपटक केन्द्रीय सांसदका लागि चुनावी मैदानका होमिएका हुन् । क्षेत्र १, २ र ३ मै जिल्लादेखि केन्द्रसम्मै विद्यार्थी संघ–संगठनमा रहेर काम गरेका नेताहरू चुनावी मैदानमा होमिएका छन्। 

क्षेत्र १ मा नेविसंघ कञ्चनपुरका पूर्वजिल्ला सभापति गोपीप्रसाद उपाध्याय, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य यादव सिंह, क्षेत्र २ मा अनेरास्ववियुका पूर्वकावा केन्द्रीय अध्यक्ष माधव पन्त, अनेरास्ववियुका केन्द्रीय सचिव बचनबहादुर सिंह, अखिल क्रान्तिकारीका केन्द्रीय नेता हरिशबहादुर भट्ट र क्षेत्र ३ बाट अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय सचिवालय सदस्य विष्णुप्रकाश उपाध्याय चुनावी मैदानमा होमिएका हुन् । 

अनेरास्ववियुका पूर्वकेन्द्रीय सचिव सिंह पनि नेकपा एमाले क्षेत्र २ बाट उम्मेदवार भएका छन् । यसअघि क्षेत्र २ (क)बाट प्रदेश सांसदमा लडेका सिंह अब दोस्रो प्रयासमा केन्द्रीय सांसदकै यात्रामा होमिएका छन् । क्षेत्र ३ बाट अखिल क्रान्तिकारीका पूर्वनेता विष्णुप्रकाश उपाध्याय (विराट) पहिलोपटक नेकपा माओवादीबाट उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन् । क्षेत्र ३ एमालेबाट दोस्रोपटक संसद्को यात्राका लागि होमिएका डा. दीपकप्रकाश भट्ट अखिल भारत–नेपाल स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हुन् । 

खिल क्रान्तिकारी विद्यार्थी नेता हुँदै पूर्वसांसद, मन्त्री भएकी विना मगर चौथोपटक सांसदका लागि चुनावी मैदानमा होमिएकी छिन् । विना मगर ०७०, ०७४, ०७९ पछि ०८२ मा पनि चुनावी मैदानमा होमिएकी छिन् । क्षेत्र १ मै कांग्रेसबाट नेविसंघकै पूर्वनेता जनकसिंह धामी रास्वपाबाट उम्मेदवार बनेका छन् । नेविसंघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका एनपी साउद ०५६, ०७०, ०७९ मा जितेपछि सांसद, मन्त्री हुँदै फेरि चौथोपटक चुनावी मैदानमा होमिएका छन् । पूर्वविद्यार्थी नेता चुनावी मैदानमा होमिएपछि उनीहरू मत माग्न विद्यार्थीमाझसमेत पुगिरहेका छन् । 
 

सुझावित समाचार