मेटलाइफ अग्रणी बिमा कम्पनीका रूपमा सूचीकृत

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

मेटलाइफ इन्क लगातार सातौँ वर्ष फर्चुन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनीको सूचीमा सूचीकृत भएको छ । सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बिमा उद्योगमा पहिलो स्थान हासिल गरेको हो । कम्पनिजका अनुसार यो सम्मानले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई प्रतिबिम्बित गर्छ ।

‘करिब एक सय ६० वर्षदेखि मेटलाइफले मानिसलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ,’ मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफले भने, ‘यो मान्यताले हाम्रो व्यवसायको मजबुती, हाम्रा सहकर्मीको समर्पण तथा विश्वभरिका हाम्रा ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने हाम्रो अटल प्रतिबद्धतालाई झल्काउँछ ।’

फर्चुन कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फर्चुन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्यांकन गर्दै आएका छन् । यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यलाई आफ्नै उद्योगभित्रका कम्पनीलाई नौवटा मापदण्डका आधारमा मूल्यांकन गरिने बताइएको छ ।

ती मापदण्डमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन् । मेटलाइफले यसअघि सन् २०२५ मा १०औँ स्थानमा रहँदै लगातार दोस्रो वर्ष फर्चुन वर्ल्डस् २५ बेस्ट वर्कप्लेस सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्कको प्रमाणपत्र प्राप्त गरेको थियो ।

See More On

सुझावित समाचार