नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेक षड्यन्त्र हुने गरेका भन्दै एकजुट हुन आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले आन्तरिक रूपमा कमजोर भए बाहिरी शक्तिले खेल्ने उल्लेख गरे। एमाले कमजोर बनाउन चाहने शक्तिलाई हाबी हुन दिन नहुने उनको भनाइ छ।
‘नेकपा एमाले यस्तो शक्ति हो जसलाई कमजोर बनाउन, सिध्याउन अनेक खालका षड्यन्त्रपूर्ण गतिविधि हुने गरेका छन्, देखिने–नदेखिने, भित्रका–बाहिरका,’ पोखरेलले भने, ‘तर, हामीले के बुझ्नुपर्छ भने बाहिरी षड्यन्त्रलाई चिर्नका लागि भित्री रूपमा मजबुत हुनुपर्छ। भित्री रूपमा कमजोर भइयो भने बाहिरी षड्यन्त्र हाबी हुन्छ।’