इन्फिनिटी लघुवित्तले शाखा प्रमुख तथा अनुगमन अधिकृतलाई व्यवस्थापन तालिम दिएको छ । संस्थाले १६–१७ माघमा ‘युनाइटेड इन भिजन, एक्सिलेन्स इन एक्जिक्युसन’ विषयक दुईदिने तालिम आयोजना गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको अध्यक्षतामा सञ्चालित उक्त तालिममा सञ्चालक शशि तिमल्सिना, संस्थापक पूर्वअध्यक्ष बलराम विष्ट, ४९ जिल्लाका एक सयवटा शाखा कार्यालयका शाखा प्रबन्धक, १५ वटा अनुगमन स्टेसनका अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरूको सहभागिता थियो ।
कार्यक्रममा आन्तरिक लेखा परीक्षण विभाग प्रमुख कृष्णप्रसाद खनालले बैंक वित्तीय संस्थाले पालना गर्नुपर्ने प्रचलित ऐन–नियम, संस्थाका पोलिसी कार्यान्वयन तथा कैफियत सुधारको अवस्थाबारे जानकारी गराएका थिए ।