विश्वकप वार्मअप खेलः आरिफ र दीपेन्द्र चम्किएपछि युएईलाई सहजै हरायो नेपालले

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले युएईलाई सहजै पराजित गरेको छ। मंगलबार चेन्नईमा भएको वार्मअप खेलमा युएईलाई नेपालले सात विकेटले पराजित गरेको हो। 
टस हारेर पहिले ब्याटिङ गरेको युइएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो। १७ ओभरमा नै नेपालले सो लक्ष्य पूरा गरेको हो। 

नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै सहज जित निकालेका हुन्। 

ब्याटिङमा नेपालले ४५ रनमै तीन विकेट गुमाइसकेको थियो। त्यसपछि आरिफ र दीपेन्द्रको अविजित साझेदारीमा नेपाल विजयी भएको हो। आरिफले ३७ बलमा ६१ रन तथा दीपेन्द्रले ३१ बलमा ५० रन जोड्दै अविजित रहे। 

बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले २–२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। 

नेपालले आफ्नो दोस्रो वार्मअप खेल बिहीबार क्यानडासँग खेल्दै छ। 

विश्वकप भने आगामी शनिबारदेखि सुरु हुँदै छ। विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डको सामना गर्नेछ। 
 

सुझावित समाचार