अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिराहाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु)सहित १० कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालको काउन्टरमा संकलन भएको ३८ लाख ७७ हजार ७२४ रुपैयाँ राजस्व खातामा जम्मा नगरी आपसी मिलेमतोमा हिनामिना गरेको अभियोगमा अख्तियारले मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गराएको हो।
तत्कालीन मेसुहरू डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवसहित प्रशासन प्रमुख अशोककुमार सिंह, लेखाप्रमुख अशोककुमार यादव, बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्यामकुमार मण्डल, पूजाकुमारी यादव, सरस्वतीकुमारी यादव, रोशनकुमार यादव, अजयकुमार मण्डल र लेखाप्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ।
हेर्नुस् आराेपपत्र :