प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्नु राज्यको मुख्य प्राथमिकता भएको बताएकी छन्।
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा बोल्दै उनले अनुशासित र चरित्रवान् युवा नै राष्ट्र निर्माणको बलियो आधार भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले तालिमले युवालाई राष्ट्रसेवा, नेतृत्व विकास र विपतका वेला स्वयंसेवामा सक्षम बनाएको बताउँदै दीक्षित क्याडेटहरूलाई अनुशासनलाई जीवनशैली बनाउन आग्रह गरिन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकायप्रति धन्यवाद दिँदै राष्ट्रिय सेवा दलको दायरा आगामी दिनमा थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरिन्।