तीन दिन घटेको सुन मंगलबार ३७ सयले बढ्यो

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन हजार सात सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले दिएको जानकारीअनुसार गत शुक्रबारदेखि सोमबारसम्म घटेको मूल्य मंगलबार भने बढेको हो । बढेको मूल्यसँगै सुन तोलामा दुई लाख ९० हजार तीन सय रुपैयाँ पुगेको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा एक १३५ रुपैयाँ बढेको चाँदी मंगलबार पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

See More On

सुझावित समाचार