बाँसगढी नगरपालिकामा नि:शुल्क चेकजाँच तथा परामर्श सेवा सुरु

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण

बर्दियाको बाँसगढी नगरपालिकाले  नि:शुल्क चेकजाँच तथा परामर्श सेवा सुरु गरेको छ । सोमबारबाट पालिकाले  नागरिकको घरदैलोमा पुगेर नि:शुल्क चेकजाँच तथा परामर्श सेवा सुरु गरेको हो ।

पालिकाभित्र बसोबास गर्ने  ३० वर्षमाथिका नागरिकको  नि:शुल्क प्रेसर, सुगर र  पिसाब परिक्षण तथा परामर्श सेवा प्रदान गर्नका लागि पालिकाले एक महिनासम्म घरदैलो अभियान  सञ्चालन गरेको नगरप्रमुख खड्कबहादुर खड्काले बताए ।

 उनले  भने, 'मानिसको बढी जमघट हुने ठाउँ र घर-घरमा पुगेर स्वास्थ्य चेकजाँच गर्ने गरी चेकजाँच तथा परामर्श सेवा  सुरु गरेको छ। हामी स्थानीय सरकार सधैँ जनताको नजिक छौँ, जनताको सेवामा प्रतिबद्ध छौँ। त्यहीँ प्रतिबद्धताअनुसार  नि:शुल्क  स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा चलिरहेको छ।' 

नगरप्रमुख खड्काले  घरगाउँमा आउने स्वास्थकर्मीलाई  साथ दिन फिल्डमा गएका स्वास्थ्यकर्मीसँग सहकार्य गरी स्वस्थ बाँसगढी  बनाउन पालिका साथमा रहेको  जानकारी दिए।

सुझावित समाचार