नवलपुरमा ११ निर्वाचनस्थल अति संवेदनशील

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

नवलपुर जिल्लामा ११ वटा निर्वाचनस्थललाई अति संवेदनशील मानिएको छ। ११४ निर्वाचनस्थल र ३११ मतदान केन्द्र रहेको नवलपुरमा ११ निर्वाचनस्थल अतिसंवेदनशील, ५० वटा संवेदनशील र ५३ वटा सामान्य रहेको  प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेयले बताए।

प्रतिनिधिसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा निर्वाचन क्षेत्र नं. १ का लागि ५८ वटा र निर्वाचन क्षेत्र नं. २ का लागि ५६ वटा निर्वाचनस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार नवलपुरमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा निकायले निर्वाचन स्थलको रेकी गर्न सुरु गरिसकेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी ४ वटै तहको सुरक्षा घेरामा निर्वाचनस्थलको सुरक्षा गरिनेछ।

सुरक्षाकर्मीहरूले अहिलेदेखि नै नवलपुर जिल्लामा निर्वाचनलाई लक्षित गरी मोबाइल फोर्स, पैदल गस्ती, सादा पोसाकमा गस्तीलगायतका गतिविधि बढाइसकेका छन्।

त्यसैगरी, निर्वाचनस्थलमा निर्वाचन कर्मचारीसँगै सुरक्षाकर्मी पठाइनेछ। निर्वाचनको मितिभन्दा ४ दिनअगाडि नै निर्वाचनस्थलमा कर्मचारीहरू निर्वाचनको तयारीका लागि खटाइने उनले बताए।

नवलपुर निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३७ हजार ८१ जना र निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३१ हजार ४४५ मतदाता छन्।

सुझावित समाचार