आइएमई लाइफले दियो सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण

 आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना एजेन्सी लिडरलाई नेसनल एन्टिमनी लाउन्डरिङका अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको हो । 
तालिममा सहभागीलाई जीवन बिमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवं रोकथाम र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन, नेपाल बिमा प्राधिकरणबाट जारी निर्देशिका एवं निर्देशनबारे जानकारी दिइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले अभिकर्तालाई कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिए । 

सुझावित समाचार