तेस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक फुटबल प्रतियोगिता सुरु

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

नेपाल एपिएफ स्कुल कीर्तिपुरको आयोजनामा तेस्रो संस्करणको अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ।

सशस्त्र प्रहरी बल नेपाल मानवस्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा आइतबार प्रतियोगिताको उद्घाटन गरिएको हो।

उद्घाटन खेल आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुर (रातो) र पेगासस स्कुल गोकर्णेश्वरबिच भएको थियो। उक्त खेलमा आयोजक टोली ६–० ले विजयी भएको छ।

प्रतियोगितामा काठमाडाैं उपत्यकाका ११ तथा काभ्रे, बाँके र सप्तरीका एक–एक १४ विद्यालयका १५ टिमबिच लिग कम नकआउट आधारमा खेल सञ्चालन हुनेछ।

सुझावित समाचार