आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पर्साका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै चार लाख ३५ हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको आरोपमा पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षका बबिलाल लामा पक्राउ परेका हुन्।
काठमाडौं–३ बाट पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।