उपकप्तान पूजा महतोलाई कप्तानकाे जिम्मेवारी

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पूजा महतोलाई नयाँ कप्तान बनाएको छ ।  शनिबार क्यानले एसियन कप राइजिङ स्टार्स खेल्न जाने टोलीको घोषणा गर्दै पूजालाई नयाँ कप्तान घोषणा गरेको हो । 

नियमित कप्तान इन्दु बर्मा ग्लोबल छनोट खेल्नेको क्रममा घाइते भएकी थिइन् । उनी कम्तिमा ८ महिना मैदान बाहिर हुने छिन् । नेपालले प्रतियोगितामा पाकिस्तानको ए टिम र भारतको ए टिमसहित अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । 

यस्ताे छ नेपाली टिम
पूजा महतो (कप्तान), विन्दू रावल, सम्झना खड्का, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी रहेका छन् ।

सुझावित समाचार