राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धार्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा पार्टी अडिग रहने प्रस्ट पारेको छ। रास्वपाका उम्मेदवार रहेका खगेन्द्र सुनारले दिएको अभिव्यक्तिले पार्टीप्रति प्रश्न उठेपछि रास्वपाले यसमा पार्टीको धारणा सार्वजनिक गरेको हो ।
सुनारले सो विषयमा माफी मागिसकेको र पार्टीले पनि उनलाई सचेत गराएको महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘रास्वपा सधैँ विधिको शासन, सामाजिक न्याय, धार्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहनेछ।’
