नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन्। केन्द्रीय युवा परिषद्को प्रथम बैठकमार्फत क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई संघको नेतृत्व हस्तान्तरण गरेका हुन् ।
शुक्रबार भएको बैठकमा एमालेका महासचिव शंकर पोखरेल, सचिवहरू महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरूको उपस्थिति थियो।
यसअघि अध्यक्ष रहेका थेबेले एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि नेतृत्व हस्तान्तरण गरेका हुन्। थेबे आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट एमालेका उम्मेदवार छन्।