३०२ मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति पहिचान, आयोगले कारबाही प्रक्रिया अघि बढायो

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी र कारबाही प्रक्रियालाई तीव्रता दिएको छ।

आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइले ३०२ मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको पहिचान गरेको छ।

त्यस्ता ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

सुझावित समाचार