इतिहासमा आज

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

सन् १९४८ : भारतमा हिन्दु अतिवादी नाथुराम गोड्सेले महात्मा गान्धीलाई गोली हानी हत्या गरे ।

सन् १६६१ : बेलायतमा राजतन्त्र पुनस्र्थापना भएपछि दश वर्ष त्यसलाई उन्मूलन गरेर शासन गरेका ओलिभर क्रमबेललाई मृत्युपछि पनि चिहानबाट निकालेर झुन्ड्याइयो ।

सन् १८२६ : विश्वको पहिलो आधुनिक झोलुंगे पुल मेनाई झोलुंगे पुल वेल्सको उत्तरपूर्वी किनारामा बनाइयो ।

सन् १८३५ : पहिलो अमेरिकी राष्ट्रपतिविरुद्ध भएको हत्या प्रयासमा रिचर्ड लरेन्स नामक पेन्टरले तत्कालीन राष्ट्रपति एन्ड्रयु ज्याकसनमाथि दुईपटक गोली हाने, तर दुवै मिसफायर हुँदा ज्याकसन बाँच्न सफल भए । 

सन् १९३३ : जर्मनीका राष्ट्रपति पल भोन हिन्डनबर्गले एडोल्फ हिट्रललाई देशका प्रधानमन्त्री (चान्सलर) चुने । अघिल्लो वर्ष जुलाईमा भएको चुनावमा नाजी पार्टीले ६०८ सिटको संसद्मा २३० सिट जितेर पहिलो दल बनेको थियो । नाजी पार्टी र ७५ सिट भएको सेन्टर पार्टी मिलेर सरकार गठन गरेका थिए ।

सन् १९७२ : नर्दन आयरल्यान्डमा बेलायती शासनविरुद्ध भएको शान्तिपूर्ण विरोधसभामा ब्रिटिस सेना गोली प्रहार गर्दा १४ जनाको ज्यान गयो, जसलाई त्यहाँ अझै ‘ब्लडी सनडे’का रूपमा सम्झना गरिन्छ ।

सुझावित समाचार