राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी १३ माघमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएका हुन्।
गत ५ माघमा जनकपुरमा आयोजित सभामा लागेको चोटका कारण शरीरमा संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए। सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।