बारबर्दिया नगरपालिकाका इन्जिनियर मल्ल घुससहित पक्राउ

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियरलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको पालिकाका इन्जिनियर मोहनदेव मल्ललाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो।

मल्ल पालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर हुन्। मल्लले वडा नं. ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको थिए।

मल्लले सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ। स्रोतका अनुसार मल्लले अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले पक्राउ गरेको हो। पालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत कर्मचारी मल्ललाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार