नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पुनर्संरचनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुझाव समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरियो,’ अर्यालले भने।

२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग थापाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।

See More On

सुझावित समाचार