एमसिए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

एमसिए प्रेसिडेन्ट ११ सँगका अभ्यास खेलपछि नेपालले विश्वकपअघि युएई र क्यानडासँग वार्मअप खेल खेल्ने तालिका छ। नेपालले युएईसँग फेब्रुअरी ३ मा र क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ।

युएईविरुद्धको खेल फेब्रुअरी ३ को साँझ ५:१५ बजे सुरु हुनेछ भने क्यानडाविरुद्धको खेल फेब्रुअरी ५ को दिउँसो सवा १ बजे सुरु हुनेछ। दुवै खेल चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा आयोजना हुनेछन्।

टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदै छ। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्नेछ।

त्यसपछि नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग समूह चरणका खेल खेल्ने तालिका रहेको छ।

सुझावित समाचार