टेलिकमले ल्यायो विन्टर अफर

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ ल्याएको छ । यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका विभिन्न प्याकेजलाई सेवाग्राहीले रुचाएको भन्दै कम्पनीले सोही अफरलाई निरन्तरता दिइएको जनाएको छ ।

पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डेटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, अर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याकलगायतका प्याकेज यथावत् नै रहेको बताइएको छ । अफर ९० दिनसम्म मान्य हुन्छ ।

कम्पनीका अनुसार विन्टर अफरमा एड अन प्याक, सियुजी प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताका लागि उपलब्ध बन्डल प्याकेजलगायतका प्याकेजसमेत उपलब्ध छन् । त्यसैगरी, एफटिटिएचअन्तर्गतका प्याकेज पनि यथावत् राखिएको छ ।

See More On

सुझावित समाचार