निर्वाचन आचारसंहिताः २१ व्यक्ति तथा निकायलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण (सूचीसहित)

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आचारसंहिताविपरीतको गतिविधि गरेको भन्दै निर्वाचन आयोगले हालसम्म २१ जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ। 

सुरुमा आयोगले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. सुरेन्द्र भण्डारीसँग स्पष्टीकरण मागेको थियो। बुधबार काठमाडौं- ५ की उम्मेदवार निशा अधिकारी, गुठी संस्थानलगायत निकायलाई आयोगले स्पष्टीकरण सोधेको छ। 

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह, एमाले नेता महेश बस्नेत, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, कोशीका मन्त्री इस्राइल मन्सुरीलगायतलाई स्पष्टीकरण सोधेको हो। 

आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण ? 

१ वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीः उम्मेदवार, काठमाडौं ४
 
२ हिक्मतकुमार कार्कीः मुख्यमन्त्री , कोशी प्रदेश
 
३ जगदीश खरेलः रास्वपा, उम्मेदवार, दोलखा १
 
४ अखिल नेपाल फुटबल संघ (एन्फा)

५ राष्ट्रिय खेलकुद परिषद् 
 
६ शक्तिबहादुर बस्नेतः उम्मेदवार, जाजरकोट १
 
७ इस्राइल मन्सुरीः मन्त्री, कोशी प्रदेश
 
८ विश्वराज पोखरेलः उम्मेदवार, ओखलढुंगा १
 
९ जानुका पाठक, उम्मेदवार, भक्तपुर २
 
१० श्रम संस्कृति पार्टी
 
११ कमल भुसाल (डा. निकोलस) उम्मेदवार, रुपन्देही
 
१२ नेपाल स्वास्थ्य स्वयंसेवक संघ
 
१३ आधारभूत विद्यालय, श्री सिया आदर्शचोक 
 
१४ महेश बस्नेतः उम्मेदवार, भक्तपुर २
 
१५ बालेन्द्र शाहः उम्मेदवार, झापा ५
 
१६ पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ मोरङ
 
१७ देवीराम आचार्य, देउती आधारभूत विद्यालय, दैलेख
 
१८ चन्द्रकान्त राउत (सिके राउत), उम्मेदवार, सप्तरी २ 
 
१९ खगेन्द्र सुनारः उम्मेदवार, बाँके ३
 
२० गुठी संस्थान, त्रिपुरेश्वर काठमाडौं  

२१ निशा अधिकारीः उम्मेदवार, काठमाडौं ५
 

सुझावित समाचार