बुधबार छापावाल सुनको भाउ तोलामा नाै हजार पाँच सय रुपैयाँले बढेर तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ । योसँगै स्थानीय बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।
मंगलबार छापावाल सुन ताेलामा तीन सय रुपैयाँले बढेर तीन लाख नाै हजार तीन सय रुपैयाँ थियो । यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४३० रुपैयाँले बढेर सात हजार तीन सय रुपैयाँ पुगेको छ ।