बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महाएक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।
११ माघदेखि सुरु भएको अफर १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । यस कार्निभलमार्फत ग्राहकले बजाजका नयाँ पुस्ताका मोटरसाइकल आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्निभलमा मुख्य आकर्षण नयाँ बजाज पल्सर २२०एफ एफआई बिएस–६ औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यस नयाँ पल्सरले बजाजप्रेमीलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।
यसको मूल्य फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहित चार लाख ३९ हजार नौ सयबाट सुरु हुनेछ । त्यस्तै, कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।