टेरामक्स भ्रष्टाचार प्रकरणः विशेष अदालतद्वारा विज्ञसमूह गठन, खरिदसम्बन्धी सक्कल फाइल झिकाउने आदेश

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

टेरामक्स भ्रष्टाचारसम्बन्धी मुद्दामा बिशेष अदालतले गुणस्तर र मापदण्डको परीक्षणका लागि विज्ञ समूह गठन गर्ने तथा अन्य प्रमाण झिकाउने आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाई गर्दै बिशेषले  दुई प्रकारका कागजात झिकाउने र विज्ञ समूह गठनको आदेश दिएको हो । 

बिशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले १२ पुस २०८० मा संसदको सार्वजनिक लेखा समितिले नेपाल दूर सञ्चार प्राधिकरणलाई आरोप दाबीको खरिद कार्यलाई यथास्थितीमा राख्नु भनी दिएको निर्देशन झिकाउने आदेश दिएको हो।  

त्यस्तै, जडान भएको टेरामक्स प्रणालीको गुणस्तर तथा सम्झौता बमोजिम भए नभएको परीक्षणका लागि नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियरको संयोजकत्वमा विज्ञ समूह गठन गरेको छ । समूहमा पुल्चोक इन्जिनियरीङ क्याम्पसका प्राध्यापक तथा सिआइबीका अधिकारीलाई राखिएको छ। सो समितिलाई प्राविधिक परीक्षण गराउने जिम्मेवारी दिइएको छ। 
 

सुझावित समाचार