हिमआँधीका कारण संयुक्त राज्य अमेरिकाभरि दश लाखभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । दश हजारभन्दा बढी उडान रद्द गरिएका छन् ।
हिउँदको एउटा विशाल आँधीले देशको ठुलो भागमा भारी हिमपातले विभिन्न राज्यको जनजीवन अस्तव्यस्त बनेको छ । आँधीका कारण २० वटा राज्यमा आपतकाल घोषणा गरिएको छ । टेनिसी राज्यमा सबैभन्दा बढी विद्युत् कटौती भएको छ ।
यसअघि ओहायो उपत्यकादेखि उत्तरपूर्वसम्म भारी हिउँ पर्ने र तल्लो मिसिसिपी उपत्यकादेखि मध्य–एट्लान्टिक र दक्षिणपूर्वसम्म ‘विनाशकारी बरफ जम्मा’ हुने भएको छ ।
अधिकारीहरूले एक सातासम्म जनजीवन प्रभावित हुने र अत्यधिक चिसो हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आँधीलाई ‘ऐतिहासिक’ भनेका छन् र शनिबार संघीय आपत्कालीन घोषणा स्वीकृत गरेका छन् ।