कामना सेवा विकास बैंकद्वारा सप्तरीमा १८२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सप्तरी जिल्लामा १८२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सोमबार आयोजित कार्यक्रममा बैंकले सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित कोचाबखरीको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई झोला तथा विभिन्न स्टेसनरी सामग्री वितरण गरेको हो।

कार्यक्रममा राजविराज शाखाप्रमुख सूर्यनारायण मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कामना सेवा विकास बैंकले समुदायस्तरमा शिक्षा, स्वास्थ्य र सामाजिक सशक्तीकरणका क्षेत्रमा समय–समयमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू गर्दै आइरहेको जनाएको छ।

सुझावित समाचार