निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण
निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

फाइल तस्बिर

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरूलाई निर्देशन दिँदै उनले  कमजोरी गर्नेहरूलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।  

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनावलक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन उनले निर्देशन दिएका छन्। कमजोर कमान्ड र गल्ती गर्ने कमान्डरमाथि तत्काल कारबाही गर्ने बताउँदै उनले  उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।   

कमान्डको जिम्मेवारीमा खटिजान लागेका सशस्त्र प्रहरी अधिकृतहरूलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिँदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारबाही गरिने बताउँदै निर्वाचन सफल बनाउनमातहत कर्मचारीहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन निर्देशन  दिए। 

महानिरीक्षक अर्यालले संगठनले लिएको सोच र नीतिअनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताकासाथ परिचालिन हुनुपर्ने बताउँदै राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरूले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारमा शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पेट्रोल तथा अपरेसनल कामकारबाही सञ्चालन गर्नसमेत उनले निर्देशन दिए। 

सुझावित समाचार