सामाजिक सञ्जालमार्फत हिंसालाई प्रश्रय गर्ने कानुनविपरीतका अभिव्यक्तिहरू दिएको आरोपमा भद्रप्रसाद नेपाल (स्वागत नेपाल)माथि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ।
विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका, हिंसालाई प्रशय गर्ने कानुनविपरीत अभिव्यक्तिहरू दिएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ७ का ५० वर्षीय नेपाललाई पक्राउ गरी छाडिएको ब्युरोले जनाएको छ।
प्रारम्भिक सोधपुछपछि नेपाललाई पुनः गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने, कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिने भनी लिखित कागज गरेर खोजेको समयमा उपस्थित हुने गरी छाडिएको ब्युराेले बताएको छ।